कञ्चनजंघा एक्सप्रेस दुर्घटना: राष्ट्रपति द्रौपदी मुर्मुद्वारा दु:ख प्रकट

Draupadi-Murmu-1

कोलकाता: राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार पश्चिम बंगालमा रेल दुर्घटनामा मानिसहरूको मृत्युमा शोक व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। सोमबार पश्चिम बंगालको रङ्गापानी स्टेशन नजिकै मालगाडी र सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस एक आपसमा ठोक्किँदा भएको दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मुले दु:ख प्रकट गरेकी छिन्l राष्ट्रपति द्रौपदी मुर्मुले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक पोस्टमा भनेकी छन्, ‘पश्चिम बंगालको दार्जीलिङमा रेल दुर्घटनामा परी ज्यान गुमाएको खबर अत्यन्तै दु:खद छ। मेरो सवेदना र प्रार्थना शोक सन्तप्त परिवारहरुसँग छ। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत तथा उद्धार कार्यको सफलताको कामना गर्दछु।‘ न्यू जलपाईगढी नजिकै सोमबार बिहान सियालदह जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस मालगाडीसँग ठोक्किएको कारण दुर्घटना भएको हो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement