खरसाङ: खरसाङको खहरे बस्तीस्थित सहयोगी हातद्वारा सञ्चालित वृध्दाश्रममा खाद्यान्न र लुगाफाटाहरू वितरण गरिएको छ। उक्त वितरणको कार्य मिरिकको सौरेनी क्षेत्रका समाज सेवक बिजय प्रधान साथै रे अफ् होप संस्थाका सदस्यहरूद्वारा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उनीहरू खरसाङको खबरेस्थित वृध्दाश्रम पुगेर त्यहाँ रहेका वृध्द वृध्दाहरूलाई खाद्यान्न सामाग्रीहरू साथै लुगा फाटाहरू पनि वितरण गरिएको जानकारी प्राप्त भएको छ। यसरी खाद्यान्न सामाग्रीहरू अनि लुगाफाटाहरू वितरण गरिएकोमा आश्रमकी प्रमुख सुमित्र राईले सबैलाई धन्यवाद दिएका छन् भने भविष्यमा पनि यसरी नै वृध्दाश्रमलाई सहयोगको लागि सबै समक्ष अनुरोध पनि गरेका छन् भनी रे अफ् होपको संयोजक अनिल थापाले जानकारी दिएका छन्।