मानव उत्थान सेवा समितिद्वारा गंगा दशहरामा महानदीमा सद्भावना सत्संग कार्यक्रम

IMG-20240617-WA0309.jpg

खरसाङ: गंगा दशहराको उपलक्ष्यमा मानव उत्थान सेवा समिति, खरसाङ तहसिल एवम् महानदी शाखाको संयुक्त तत्वावधानमा महानदी बजारको सार्वजनिक भवनमा सद्भावना सत्संग समारोह सम्पन्न भयो। खरसाङ तहसिल प्रभारी महात्मा सुष्मा बाईजीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पा मुख्य रूपमा उपस्थित थिए भने तारानाथ शर्मा, निरा प्रधान, शेखर प्रधान आदि विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। प्रभारी महात्मा सुष्मा बाईजी, घैयाबारी शाखाका वरिष्ठ सदस्य हेमराज गुरुङ अनि अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट दीप प्रज्ज्वलन साथै गुरु महाराजको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गरियो। कार्यक्रममा महानदी शाखाका वरिष्ठ सदस्य अमृत कार्कीले स्वागत वक्तव्य राखेसा थिए भने समितिको खरसाङ शाखा अध्यक्ष अनि सोशल मीडिया संयोजक बृजकमल राईले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा खरसाङ तहसिल युवा संयोजिका सुष्मिता विश्वकर्म अनि मानव सेवा दल दार्जिलिङ मण्डल प्रशिक्षक सरोज गुरुङले वक्तव्य राखेका थिए। समितिको भक्ति संगीत मञ्चका सोनाम लामा, राकेश सिंह, अश्विन शर्मा, श्याम प्रधान, जिज्ञासा बागदास, अनुष्का बागदास आदिले भक्तिमय भजनहरू प्रस्तुत गरेका थिए भने महानदीका एकजना अतिथि धिरज छेत्रीले कविता वाचन गरेका थिए। मुख्य अतिथि पासाङ शेर्पाले आफ्नो वक्तव्यमा मानव उत्थान सेवा समितिले धेरै समयदेखि अध्यात्म ज्ञानको प्रचार प्रसार गर्दै आईरहेको जनाए। उनले 80 को दशकमा यस क्षेत्रमा गुरु महाराजले पदयात्रा गरेर कार्यक्रम गरेको पनि स्मरण गरे साथै वर्तमानमा यस्ता आध्यात्मिक कार्यक्रमहरुको समाजलाई अति आवश्यक रहेको पनि बताए। तहसिल सचिव अनुराधा सेवाले हंस हर्बलद्वारा निर्मित आयुर्वेदिक औषधिहरुको विषयमा उपस्थित जनमानसलाई जानकारी गराइन्। महात्मा सुष्मा बाइजीले आफ्नो सत्संग प्रवचनमा मानिसले जीवनमा आफू स्वयंभित्र रहेको ‘म’ तत्वलाई चिन्न पर्ने बताइन्। जब मानिसले आफैलाई चिन्दछन् तब उसलाई ईश्वरसित साक्षात्कार हुने मार्ग खुल्दछ भनी बताइन्।
यसका साथै समितिका सदस्यहरूले महानदी बजारमा प्याउ पिलाउ कार्यक्रम गर्दै ३०० भन्दा अधिक बटुवा अनि यात्रुहरूलाई जूस, पानी अनि चियाहरू वितरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement