खरसाङ: पश्चिम बंगाल प्रदूषण नियन्त्रण संस्थाको ५०औ वर्ष गाँठमा राज्यभरि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो। गत २९ फरवरी र १ मार्च २०२४ को दिन दार्जीलिङ जिल्ला अन्तर्गत खरसाङ महकुमाको सन्त अल्फन्सेस विद्यालयमा उक्त कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा पहाड़ साथै समतलका विभिन्न विद्यालयहरुले सभागिता जनाएका थिए। जसमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमाले पनि अंश ग्रहण गरेका थिए। उक्त कार्यक्रमको मुख्य विषय “मिसन लाइफ’ रहेको थियो। उक्त कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विषय’ भान्साको फोहोर मैला व्यवस्थापन’ (किचन वेस्ट म्यानेजमेन्ट) रहेको थियो। जसमा सम्पूर्ण पश्चिम बंगालभरिका विद्यालयहरुमध्ये तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकाले प्रथम स्थान प्राप्त गर्न सफल बनेका थिए। यस कार्यक्रममा विद्यालयका नवौं र दशौं श्रेणीका विद्यार्थीवर्गले भाग लिएका थिए जसको अगुवाई विज्ञान विषयका सह-शिक्षक भास्कर थापाले अगुवाई गरेका थिए। उक्त प्रतियोगिताको पारितोषिक कार्यक्रम कलकत्ताको न्यू टाउन हलमा सम्पन्न भयो। यस प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेर विद्यालयका विद्यार्थीवर्गलाई सम्बोधन गर्दै शिक्षक भास्कर थापाले यस प्रकारको कार्यक्रममा सभागिता जनाउँदा विद्यार्थीहरूको चेतनामा वृद्धि हुने गर्छ भनी बताएका छन्। उनले पाठ्य-पुस्तकको ज्ञान सिमित हुन्छन् र पाठ्य पुस्तकबाहेक यसरी विभिन्न प्रतियोगितामा विद्यार्थीवर्गले भाग-लिनु अनिवार्य ठहरिन्छ जसले गर्दा विद्यार्थीवगले विभिन्न विषयप्रति चासो बढ्नुको साथै सानको स्वाद पनि पाउने गर्छ भनी बताएका छन्। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको यो उपलब्धिमा सबै शिक्षक शिक्षिकाहरूले खुशी व्यक्त गरेका छन्। यसको साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा अन्य विद्यालयहरूमा झैं सप्ताहव्यापी पर्यावरण दिवस पालन गरिएको जानकारी प्राप्त भएको छ। विद्यालयकी शिक्षक प्रभारी रञ्जना प्रधानको अगुवाईमा विद्यालयमा सप्ताहव्यापी पर्यावरण दिवस पालन गर्दै सर सफाई साथै बिरुवाहरू रोपणको कार्य पनि गरिएको छ।