इण्डियन गाेर्खाज कम्पनी इज्रायलद्वरा चिया श्रमिकहरूलाई सहयाेग गर्दै विजय दिवस पालन

IMG-20240617-WA0295.jpg

मिरिक: दार्जिलिङ पहाडमा विगतमा भएकाे १०५ दिनकाे बन्द हाेस् या कुनै पनि प्राकृतिक आपदा सात समुन्द्र पारी बसेर पनि सहयाेग गरिरहने इस्राइल देशमा भारतीय गाेर्खा कामदारहरूकाे सक्रिय संगठन इण्डियण गाेर्खाज कम्पनीले दार्जिलिङ पहाड मात्र हाेइन तराई, डुवर्स, सिक्किम, मणिपुर, नेपालका निम्नवर्गका बिमारीहरूलाई पनि उपचारकाे लागि आर्थिक सहयाेग प्रदान गरेर धेरैलाई नयाँ जीवन प्रदान गरिसकेकाे कुराे कसैबाट लुक्न सकेकाे छैन। विदेशमा रहेर जन्मभूमिकाे लागि केही सकरात्मक कार्य गर्ने साेच लिएर आज पर्यन्त कार्य गरिरहेकाे इण्डियण गाेर्खाज कम्पनीले आफ्नाे बिजय दिवस १७ जूनमा विविध कार्यक्रमकाे साथमा भब्य रूपमा पालन गर्ने गर्दछ। यही क्रममा साेमबार इण्डियन गाेर्खाज कम्पनी इज्राइलले मिरिकको साैरेनी समष्टिकाे मेची चियाकमानका पचासजना चिया श्रमिकहरूलाई छाता अनि त्रिपल प्रदान गरेर आफ्नाे विजय उत्सव पालन गरेको छ। उक्त सामाग्रीहरू इण्डिन गाेर्खाज कम्पनीका प्रबन्ध निर्देशक नरेन लुङ्गेली, इण्डियन गाेर्खाज कम्पनी इज्राइल महिला संगठनका प्रमुख सुजता लेप्चा, कार्यकारी सदस्यहरू एन्जल श्रेष्ठ, दिपेश छेत्री, शिबु छेत्री, सपना राई, लिडिया राई, प्रिती प्रधान, पबी राई, अविनाश भूजेल अनि सुजु खवासले उपलब्ध गराएपछि इण्डियन गाेर्खाज कम्पनी इज्राइलकाे प्रतिनिधि बनेर मिरिक रिपोर्टस क्लबका अध्यक्ष मुस्कान राई खेसहाङ, उपाध्यक्ष विनाेद प्रसाईं, सचिव प्रवेश हाङखिम, सदस्य काेषाध्यक्ष, मुख्य संरक्षक बिजय बान्तवा कैलासी, समाजसेवी सुनिल प्रधान आदि मेची चियाकमान पुगेर उक्त सामाग्रीहरू चिया श्रमिकलाई वितरण गरेका छन्। यस अवसरमा बाेल्दै इण्डियन गाेर्खाज कम्पनी इज्राइलका प्रबन्धक निर्देशक नरेन लुङ्गेलीले आइजीसीले १७ जून प्रत्येक वर्ष विजय दिवस पालन गर्ने गरेकाे जानकारी गराँउदै २०११ -१२ मा इण्डियन गाेर्खाज कम्पनी इज्राइलकाे गठन भएपछि हामीले गरेकाे सकरात्मक कार्यक्रमलाई नकारात्मक देखाएर हामीलाई मास्ने षड्यन्त्र कतिपय षड्यन्त्रकारीहरूले गरे। २०१६ मा हामीले मिरिकमा एउटा प्रेस भेला गरेर इज्राइल देशमा पठाउनकाे लागि भइरहेकाे कालाे बजारी अनि अवैध पासपाेर्टबारे आवाज बुलन्द गरेका थियाैं। याे कुराे सार्वजनिक भएपछि हामीलाई बदनाम गराउने र अनेक थरीकाे षड्यन्त्र भयाे तर हामी हाम्राे कर्तव्य पथमा अडिग रहेर समाजिक कार्य गर्दै गयाै।जीत सत्यकाे भयाे। षड्यन्त्र रच्नेहरू माैन बसे। १७ जूनमा हामीलाई बदनाम गराउन षड्यन्त्र भएकाे दिनमा हामीले सुनाम कामायाै। यसैले हामी प्रत्येक १७ जूनलाई विजयी दिवसकाे रूपमा पालन गरेर हामीले गरेकाे संघर्ष, समाजिक कार्य आदिबारे जानकारी गराँउने गर्छाै भने।उनले षड्यन्त्रकारीहरूले जति नै षड्यन्त्र रचे पनि हामी हाम्राे कर्तव्यमा अडिग छाैं भने। यता पानीकाे माैसममा आफूहरूलाई चियाकमानमा दैनिक कार्य गर्दा आवश्यक सामाग्रीहरू प्रदान गरिदिएकाेमा चिया श्रमिकहरूले खुशी व्यक्त गर्दै चिया कमानमा कार्यरत चिया श्रमिकहरूकाे मर्मलाई बुझेर इण्डियन गाेर्खाज कम्पनी इज्राइलले पराेपकारी काम गरेकाे बताएका छन्। चिया श्रमिकहरूले जन्मभूमिकाे लागि आइजीसीले गरेकाे कार्यकाे प्रशंसा गर्दै आइजीसीका सदस्यहरूलाई विजय दिवसकाे शुभकामना दिए अनि आभार प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement