जेनेवा: कोरोनासित जुझिरहेको विश्वमा अब मङ्कीपक्स भाइरसको खतरा छाएको छ। विश्व स्वास्थ्य संगठनले यस बापत चेतावनी जारी गर्दै भविष्यमा मङ्कीपक्सको संक्रमण तीव्र हुनसक्ने भनेको छ। विश्वमा मङ्कीपक्सको मामिला तीव्र गतिमा बढ़िरहेछ। अहिलेसम्म अफ्रीका र यूरोपका ९ देशमा मङ्कीपक्सले संक्रमित रोगीहरू भेटिएका छन्। अमेरिका, कनाडा र अस्ट्रेलिया जस्ता देशहरूमा पनि मङ्कीपक्सको मामिला अघि आइसकेको छ। मङ्कीपक्सको लगातार बढ्दो मामिलाहरूले चिन्तित विश्व स्वास्थ्य संगठनको यूरोप एकाईले यस मामिलामा आपात बैठक गरेको छ। बैठकपछि विश्व स्वास्थ्य संगठनका एक वरिष्ठ अधिकारीले जानकारी गराए, गर्मी बढ्नका साथै यस विषाणुको संक्रमण अझ् तीव्र गतिमा फैलिनसक्छ। विश्व स्वास्थ्य संगठनका यूरोपस्थित क्षेत्रीय निदेशक हेङ्ग्स क्लगले मानिसहरूलाई सावधान बस्नलाई बनेका छन्। उनीअनुसार व्यापक स्तरमा हुने कुनैपनि समारोह, चाँड़ आदिमा मङ्कीपक्स संक्रमित व्यक्ति सामेल हुँदा उसले अन्य मानिसहरूमा संक्रमण फैलाउनसक्छ। यसैले अतिरिक्त सावधानी अपनाउने आवश्यकता छ। वस्तुतः मङ्कीपक्स चेचकसित मिल्दो जुल्दो स्वरूप रोग हो। विश्व स्वास्थ्य संगठनको भनाई छ, रोगको संचरण आमादेखि भ्रूणमा पुग्दा जन्मजात मङ्कीपक्सको रूपमा हुनसक्छ। यस बाहेक नानीको जन्मको समय वा पछि निकट सम्पर्कको माध्यमले पनि हुनसक्छ। विश्व स्वास्थ्य संगठन मुताबिक हालमा मङ्कीपक्सको शिकार मानिसहरूमध्ये तीनदेखि ६ प्रतिशत मानिसको मृत्यु भएको छ। मङ्कीपक्सको विषाणु घाउँ, शरीरको तरल पदार्थ, श्वसन थोपाहरू र ओछ्यानबाट व्यक्तिदेखि अन्य व्यक्तिमा फैलिन्छ। यसैले हरेक स्तरमा सावधानी अपनाउने आवश्यकता छ।