रेल दुर्घटनामा घाइते भएकाहरूलाई हेर्न उत्तर बंगाल मेडिकल कलेज पुगे सांसद राजु विष्ट

IMG-20240617-WA0263.jpg

भने: ‘हामी सबै पीडितहरूका लागि उत्तम सम्भावित चिकित्सा उपचार सुनिश्चित गर्नेछौं’

सिलगढी: कञ्चनजंघा एक्सप्रेस दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि भर्ना भएकाहरुको जाँच गर्न उत्तर बङ्गाल मेडिकल कलेज पुगेका छन् दार्जिलिङका सांसद राजु विष्ट। सासंद राजु विष्टले रेल दुर्घटनामा परी घाइते बनेकाहरूलाई उपचारको लागि उत्तर बंग मेडिकल कलेजमा भर्ना गरिएकाहरूसित भेटघाट गरी घाइतेहरू विषयमा जानकारी लिएका छन्। उपचाराधीन अवस्थामा रहेका घाइतेहरूसित भेटघाट गरेपछि सांसद राजु विष्टले भने, दुःखद कुरा के छ भने अहिलेसम्म ८ जना नागरिकहरूको ज्यान गइसकेको छ, ४४ जना घाइते भएका छन्।
घाइतेहरूको उपचार उत्तर बंगाल मेडिकल कलेजमा चलिरहेको छ। घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ।’
सांसद राजु विष्टले अघि भने, ‘हामी सबै घाइतेहरूका लागि उत्तम सम्भावित चिकित्सा उपचार सुनिश्चित गर्न कुनै पनि कसर छोड्ने छैनौं। दुर्घटनामा परेका सबैलाई राम्रो हेरचाह प्रदान गर्न लगनशीलताका साथ काम गर्ने डाक्टर, नर्स र अन्य चिकित्सा कर्मचारीहरूको टोलीप्रति म धेरै आभारी छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement