यूरो कप २०२४: ईंग्ल्याण्डको जीत, डेनमार्कको ड्र

IMG-20240617-WA0199.jpg

बर्लिन: यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा आइतवार राति ग्रुप सी-को दुईवटा म्याच खेलियो। यसमा ईंग्ल्याण्डले रोमाञ्चक जीत हासिल गऱ्यो भने डेनमार्क चाहिँ ड्र-मा रोकियो। ईंग्ल्याण्डले रोमाञ्चक म्याचमा सर्बियालाई १-०-ले पराजित गऱ्यो। वेल्तिन्स-एरेनामा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने ईंग्ल्याण्डबाट म्याचको एकमात्र गोल जूड बेलिंघमले गरे। रियल म्याड्रिडका यस मीडफिल्डरले १३औं मिनटमा दिलाएको गोल नै अन्तमा निर्णायक बन्यो। सर्बियाले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। यसरी डेनमार्कलाई चाहिँ स्लोवेनियाले १-१-को ड्र-मा अल्झायो। एमएचपी एरेनामा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने डेनमार्कलाई क्रिस्टियन एरिक्सेनले १७औं मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो।

म्याचमा अधिकांश समय नै दबाउमा रहने स्लोवेनियाले म्याचको अन्तिम समयमा बराबरी हासिल गऱ्यो। स्लोवेनियाबाट एरिक जाञ्जाले ७७औं मिनटमा गोल गरे। ग्रुप सी-मा ईंग्ल्याण्ड ३ पोइण्ट्सको साथ शीर्षमा रहन पुग्यो। यसरी ड्र म्याचबाट डेनमार्क र स्लोवेनियालाई १-१ पोइण्ट हासिल भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement