बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए

IMG-20240617-WA0065.jpg

झापा: झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा भेटिएको पुलिसले जनाएको छ। मलेसियाबाट फर्केर उनी जुन १०देखि सो होटलमा बसेका थिए। होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अबस्थामा उनी भेटिएको इलाका पुलिस कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए। शेर्पाले केही दिनअगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ। मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टममा पठाउने तयारी गरिएको डिएसपी विष्टले जानकारी दिए। मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement