खोलामा आएको बाड़ीले बोलेरो बगायो

IMG-20240617-WA0064.jpg

झापा: ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नंं. ९ को हिरीया खोलामा आएको बाढीले बोलेरो बगाएको छ। जिल्ला पुलिस कार्यालय ताप्लेजुङका सुचना अधिकारी इन्स्पेक्टर कमल कुमार लुङ्गेलीका अनुसार गएराति हिरीया खोलाले मित्लुङबाट ताप्लेजुङ सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २५७९ नं को बोलेरो गाडीको स्टार्ट बन्द भई खोला माथिबाट आएको लेदो सहितको बाढीले उक्त बोलेरो गाडी बगाई १५ मिटर तल पुर्याएको हो। गाडीमा चालक राजकुमार पौडेल रहेको र उनी गाडीबाट निस्किन सफल भई मानवीय क्षती भने नभएको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement