पेरिस जान अधि बक्सर लवलीनाले जितिन् रजत पदक

IMG-20240617-WA0004.jpg

नयाँ दिल्ली: भारतकी स्टार महिला बक्सर लवलीना बोरगोहेनले पेरिस ओलम्पिक अघि उत्कृष्ट प्रदर्शन गर्दै चेक रिपब्लिकको उस्ती लाबेममा आयोजित ग्रां. प्री. २०२४ प्रतियोगितामा रजत पदक हासिल गरिन्। लवलीनाले महिलाहरूकी ७५ किग्रा वर्गको फाइनलमा चीनकी ली कियान विरुद्ध हारको सामना गर्नु पऱ्यो। लवलीनाले टोक्यो ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेकी थिइन् अनि पेरिस ओलम्पिकमा पनि उनीबाट पदकको आशा गरिएको छ। पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरिसकेकी लवलीनाले वर्तमान एशियाई खेलहरूकी च्याम्पियन विरुद्ध अन्तिम लड़ाइँमा २-३-को विभाजित फसेलाले हारको सामना गर्नु पऱ्यो। लवलीनाले यस प्रतियोगितामा हिस्सा लिएर पेरिस ओलम्पिकको निम्ति तयारीहरूलाई फाइदा भएको बताइन्। उनले भनिन्, यहाँ आएर खेल्नु असल अनुभव रह्यो । मेरो निम्ति ओलम्पिक अघि यो टुर्नामेण्ट महत्त्वपूर्ण थियो। म भारतीय बक्सिंग महासंघ, टारगेट ओलम्पिक पोडियम स्कीम (टप्स) र भारत सरकार प्रति कृतज्ञ छु। यसरी नै केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियाले पनि सोशल मीडियामा भारतीय बक्सरको सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement