इण्डिपेण्डेन्स डे शील्डः दलसिंगपाड़ा स्पोर्टस एकाडमी र दार्जीलिङ पुलिस सेमिफाइनलमा

IMG_20220811_222855.jpg

११ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको दुईवटा क्वार्टर फाइनलमा जीतको साथ दार्जीलिङ पुलिस र दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले सेमिफाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आज भएको पहिलो म्याचमा दार्जीलिङ पुलिसले असम इलेभेन स्टारलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट वाङचुक तामाङ र सिद्धान्त छेेत्रीले गोल गरे।यसरी नै दोस्रो म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमीले सीईकेएसए (कलकत्ता)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट हेनरी गुरुङ र रबिन लामाले गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *