गान्तोक: सिक्किम सरकारको सडक एवं पुल विभाग मन्त्री एनबी दाहाल लाचुङ पुगेका छन्। मन्त्री दाहालले लाचुङमा फॅंसेका पर्यटकहरूसॅंग कुराकानी गरे। उनले पर्यटकहरूको गुनासो सुनेपछि फॅंसेका सबै पर्यटकहरूको सुरक्षित निकासीको आश्वासन दिएका छन्।
अर्कोतिर, चुङथाङका एसडीएम किरण ठटालले आज लाचुङमा बैठक आयोजन गरे भने बैठकमा पर्यटकहरूको निकासी प्रक्रियालाई लिएर चर्चा गरियो। बैठकमा चुङथाङका बीडीओ, लाचुङका पिपन र होटल मालिकहरू उपस्थित थिए। बैठकमा पर्यटकहरूलाई होटलमा समायोजित गर्ने र कम मूल्यमा भोजन उपलब्ध गराउने निर्णय लिइयो। कुनै प्रकारको समस्या भएको खण्डमा पर्यटकहरूलाई लाचुङ पुलिस स्टेशनमा सम्पर्क गर्न निर्देश गरिएको छ।
यसरी नै राशनको कमी भएको खण्ड नागरिक प्रशासनले यसको देखरेख गर्ने बताइएको छ। यस सम्बन्धमा आपदा प्रबन्धन अधिनियम २००५ जारी गरिएको छ। होटल मालिकहरूलाई पनि निकासी प्रक्रिया शुरू नभएसम्म पर्यटकहरूलाई जान नदिन बताइएको छ।
पर्यटकहरूलाई भोजन र आवास उपलब्ध गराइएको तथा हर सम्भव सुविधाद्वारा हेरचाह गरिरहेको प्रेस विज्ञप्तिमा बताइएको छ। निकासी प्रक्रिया भोलि, सोमवारदेखि हवाई र सडक मार्गद्वारा शुरू गरिने छ।