सिलगढी: आज दिउँसो एक युवकको कैंचीले प्रहार भएको घटनालाई लिएर अम्बिका नगर क्षेत्रमा निकै सनसनी मच्चिएको थियो। घाइते युवकको नाम रुद्र सिंह रहेको छ। युवक पचकलगुडीका बासिन्दा हुन्। युवक सुरक्षा गार्डको रूपमा काम गर्छन्।
आइतवार केही युवकले रुद्रलाई फोन गरेर घरबाट बाहिर निस्कन आग्रह गरेका थिए। रुद्र अम्बिका नगर क्षेत्रमा पुगेपछि उनीमाथि कैँचीलगायत धारिलो हतियारले प्रहार गरेको आरोप छ। यसपछि आक्रमणकारीहरु भागेका थिए। पुरानो विवादका कारण यो घटना भएको बताइएको छ।जानकारीका अनुसार केही दिनअघि रुद्र सिंहको कार्यस्थलमा कैयौं युवासँग झगडा भएको थियो। सोही विवादपछि आज यो घटना भएको बताइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो र घाइते युवकलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। पुलिसले घटनास्थलबाट आक्रमणमा प्रयोग गरिएको कैंची समेत बरामद गरेको छ। एनजेपी थानाले आरोपीको खोजी सुरु गरेको छ।