शिलङ: मेघालयको लुमसुलुममा गुवाहाटी सिलचर मार्गमा गएको पैह्रोको कारणले गुवाहाटी-सिलचर मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतवार मूसलधारे वर्षाबिच पहाडबाट भारी मात्रामा माटो र ढुङ्गा सड़कमा झरेको छ। भारी वर्षाबिच प्रशासनले सड़क सफा गर्न युद्धस्तरमा काम गरिरहेको छ। शनिवार सॉंझसम्म बाटो खाली गरियो। एकपल्ट फेरि पैह्रोका कारण सड़क मार्ग निकै बिग्रिएको छ। सड़कको दुवै दिशामा भारी संख्यामा गाडीहरूको लामो लाइन लागेको छ। लगातार परिरहेको पानीका कारण मेघालयमा अन्य धेरै ठाउॅंमा पनि पैह्रोको सूचना छ।