तोर्षा नदीबाट शव उद्धार

dead-body-Rep-Image-2

कालचिनी: गत आइतबार तोर्षा नदीमा डुबेर बेपत्ता भएकी दलसिंहपाड़ा रणबहादुर बस्ती निवासी सबिता गुरुङको मृतदेह बिहीबार कोदालबस्ती संलग्न तोर्षा नदीको किनारबाट फेला परेको हाँसीमारा आउटपोस्ट पुलिस स्रोतले बताएको छ। स्मरण गराइन्छ, गत ७ अगस्तको दिन दलसिंहपाड़ा रणबहादुर बस्ती निवासी सबिता गुरुङ दाउरा खोज्दै तोर्षा नदीको बाँधमा जाने क्रममा अचानक नदीमा डुब्दा निखोज भएकी थिइन् भने उनको खोजीमा एनडीआरएफको तैराकी दलले खोजी चलाउँदा पनि केही पत्तो चलेको थिएन। बिहीबार प्रायः ५ दिनको ‌अन्तरालमा उनको शव कोदालबस्ती संलग्न तोर्षा नदीको बगरमा तर लागेको केही मानिसहरुले देखेपछि यसको जानकारी हाँसीमारा आउटपोस्टमा दिए। घटनास्थलमा पुलिसबल पुगेर शव उद्धार गरेर यसको जाँच गर्दा मृतक महिला सबिता गुरुङको रुपमा पहिचान भएको पुलिस स्रोतले बताएको छ। शवलाई पोस्टमार्टमको निम्ति शुक्रबार अलिपुरद्वार पठाइने पुलिस स्रोतबाट थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *