गान्तोक। सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिमा रहेको रुम्बुक माध्यमिक विद्यालयको नवनिर्मित आठकोठे भवनको आज क्षेत्र विधायक एवं राज्यका श्रम मन्त्री एमएन शेर्पाले उद्घाटन गरे। यो विद्यालय भवन १ करोड़ ५४ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो। मुख्य अतिथिको रूपमा उपस्थित मन्त्री शेर्पाले नवनिर्मित विद्यालय भवनको निम्ति विद्यालय परिवारलाई बधाई दिए। मुख्य अनि विशिष्ट अतिथिहरूलाई आयोजक समिति अनि शिक्षक-शिक्षिकागणद्वारा खदार्पण गरेर स्वागत जनाइएको थियो।

मन्त्री शेर्पासँग एसटीसीएस विभागका सल्लाहकार एनटी भोटिया, अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, सोरेङ, सोम्बारियाका बीडीओ, विभिन्न स्कुलबाट आउनु भएको प्रिन्सिपल अनि हेडमास्टर, सीएलसीका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत सदस्यगण, नारी शक्तिका सदस्यगण, भुतपुर्व मन्त्री,विधायकगण, वन अनि प्रहरी विभागका अधिकारीगण, पञ्चायत सदस्यगण, शिक्षक शिक्षिका र पार्टीका जिल्ला अनि समष्टि स्तरीयमा विभिन्न पदाअधिकारीगणको विशेष उपस्थिति रहेका थिए।