उत्तर दिनाजपुरमा अपरिचित मृतदेह भेटिएपछि सनसनी

IMG-20240616-WA0214.jpg

उत्तर दिनाजपुर: चोपडाको मर्धबस्ती क्षेत्रमा आज अपरिचित लाश भेटिएपछि सनसनी फैलिएको छ। आइतबार बिहान चोपडाको मर्धबस्ती नजिकै रहेको डक खोलाको किनारमा स्थानीयवासीले लाश देखेका थिए। घटना थाहा पाएलगत्तै लाश हेर्नका लागि त्यहाँका बासिन्दाको भीड लागेको थियो। घटनाको जानकारी चोपडा पुलिस थानालाई दिइयो। खबर पाएलगत्तै चोपडा पुलिस थानाका आईसीसहित ठूलो संख्यामा पुलिस टोली घटनास्थलमा पुगेर लाश बरामद गरी पुलिस थानामा ल्याएको थियो। लाशको पहिचान हुन नसकेको प्रशासनले जनाएको छ।

लाश पोष्टमार्टमका लागि इस्लामपुर डिभिजन अस्पतालको शवगृहमा राखिएको छ। लाश कहाँबाट आयो भन्ने विषयमा चोपडा पुलिस थानाले अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement