खरीबारी: खोरीबारीको पानीटयांकी नजिक सीमा गस्तीका क्रममा लागुऔषधसहित एक नेपाली नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा बस्ने १९ वर्षीय वेदप्रसाद राजवंशी रहेका छन्। पानीट्याङ्कीबाट नेपालतर्फ लागुऔषध ओसारपसार गर्न खोजेका युवालाई एसएसबीको ४१औँ गणका जवानले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ। खोजी गर्दा अधिकारीहरूले युवकको साथबाट १०० ग्राम ब्राउन सुगर फेला पारे। लगत्तै एसएसबीले उनलाई तत्कालै खोरीबारी पुलिसको जिम्मा लगाएको थियो। आइतबार युवालाई कानुनी कारबाहीका लागि सिलगढी उप-विभागीय अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण घटनाको विस्तृत अनुसन्धान थालेको छ।