खोरीबारीमा दुई ट्रक ठोक्किँदा तीनजना घाइते

Capture2-10.png

खोरीबारी: राष्ट्रिय राजमार्गमा मालसामान बोकेको ट्रकले धक्का दिँदा तीन जना घाइते भएका छन्।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यो घटना गण्डोगोल होल्डिङ राष्ट्रिय राजमार्ग–३२७ मा रहेको खोरीबारीको पानी ट्याङ्कीसँग जोडिएको छ। सिलगढीबाट –बिहार जाँदै गरेको राष्ट्रिय राजमार्ग–३२७ मा शनिबार राति दुईवटा लरी एकआपसमा ठोक्किएको बताइएको छ। घटनामा दुवै लरीका चालकसहित तीन जना लरी भित्र फसेका छन्। घटनाको आवाज सुनेपछि स्थानीय बासिन्दा उद्धारका लागि दौडिएका थिए। खबर पाएलगत्तै पानीट्यङ्की र नक्सलबारी पुलिस थाना र दमकल घटनास्थल पुगेको थियो। त्यसपछि लरीमा फसेका मानिसहरूलाई पुलिस भ्यान र दमकलमा नक्सलबारी अस्पताल लगिएको थियो। जहाँ दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। अर्कोतर्फ दुर्घटनापछि एम्बुलेन्स नपाउँदा स्थानीय आक्रोशित भएका छन्। घटनाका कारण राष्ट्रिय राजमार्गमा ठूलो जाम भएको थियो। त्यसपछि क्रेनको सहयोगमा दुवै दुर्घटनाग्रस्त लरीलाई सडकबाट हटाएर सवारी आवागमन सामान्य गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement