सिलगढी नगरपालिकाको वार्ड नम्बर ३४ का बासिन्दाको खानेपानीको समस्या समाधान गर्ने मेयरले दिए आश्वासन

IMG-20240616-WA0180

सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर ३४ ई ब्लक मोड बजार क्षेत्रका जनताले लामो समयदेखि पिउने पानीको समस्या झेलिरहेका छन्। खानेपानीको समस्या समाधान गर्न नगरनिगमले ट्यांकर पठाए पनि पानी बोकेर आउने ट्यांकरको पानी पनि पिउन योग्य नभएको स्थानीयको भनाइ छ। सडकको अवस्था निकै जीर्ण भएको पनि क्षेत्रका बासिन्दा बताउँछन्। उक्त क्षेत्रमा एउटा पुल थियो, जुन भाँचिएको थियो। तर निर्माण हुननसकेको कारण यातायातमा धेरै सुविधा भएको छ। यही कारण सडक अवरुद्ध गरेर आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ। अर्कोतर्फ, यसबारे जानकारी पाएपछि सिलगढी नगरनिगमका जलविभागका मेयर काउन्सिल दुलाल दत्त, सरसफाइ विभागका परिषद सदस्य माणिक दे, क्षेत्र पार्षद विमान तापदारलगायतका पार्षदहरू पुगेर स्थानीयसँग कुराकानी गरेका थिए। उनले समस्या समाधान गर्ने आश्वासन दिए। यता मेयरले खानेपानीको समस्या छिट्टै समाधान हुने बताए। ‘यससँगै पुल निर्माणको काम पनि छिट्टै सम्पन्न हुनेछ। अहिले यातायातका लागि छिट्टै अस्थायी पुल निर्माण गरिनेछ’, उनले भनेl मेयरको आश्वासनपछि जनताले सडक अवरुद्ध समाप्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement