अविरल वर्षाका कारण टिस्टा नदीको बहाव बढेपछि जलढाका क्षेत्रमा यल्लो अलर्ट जारी

IMG-20240616-WA0153

जलपाईगढी: उत्तर बंगालका केही भागमा भारी वर्षाका कारण टिस्टा नदीमा पानीको सतह बढेको छ। नदीको पानीको बहाव बढ्दै गएपछि सिँचाइ विभागले राष्ट्रिय राजमार्ग ३१ जलढाकाका संरक्षित तथा असुरक्षित क्षेत्रका लागि यल्लो अलर्ट जारी गरेको छ। शुक्रबार बिहान ६ बजे जलपाईगढी गजलडोबा ब्यारेजबाट १५५०.५६ क्युमेक पानी छोडिएको छ। जलपाईगढी सिंचाई विभागका अनुसार, आइतबार बिहान ९ बजे फेरि जलपाईगढी गजलडोबा ब्यारेजबाट १८२७.९६ क्युमेक पानी छोडिएको छ। मौसम विभागको पूर्वानुमान अनुसार शुक्रबार बिहानैदेखि उत्तर बंगालको जलपाईगढीमा मेघगर्जनसहित वर्षा भइरहेको छ। नदीमा पानीको बहाव बढेसँगै बाढीको खतरा बढेको छ। खासगरी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने जनता निकै त्रसित छन्। तर, कुनै पनि परिस्थितिको सामना गर्न प्रशासन पूर्ण रूपमा तयार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement