विराट कोहलीको खराब फर्मले चिन्तित छैनन ब्याटिंग प्रशिक्षक राठौर

IMG-20240616-WA0155.jpg

लाउडरहिल (फ्लोरिडा): भारतीय क्रिकेट टीमका ब्याटिंग प्रशिक्षक विक्रम राठौरले बताएअनुसार, जारी टी२० वर्ल्ड कपमा विराट कोहलीको लगातार खराब फर्म कुनै चिन्ताको विषय होइन कारण उनी नेटमा असल फर्ममा छन् अनि सुपर ८ अघि पहिलाभन्दा पनि जोशमा रहेका छन्। आईपीएल २०२४-मा सर्वाधिक रन बनाउने कोहलीले टी२० वर्ल्ड कपमा आशानुरुप प्रदर्शन गर्न सकेका छैनन्। उनले आयरल्याण्ड, पाकिस्तान र अमेरिका विरुद्ध क्रमशः १, ४ र शून्य रन बनाए। शनिवार राति कनाडा विरुद्ध म्याच वर्षाले रद्द भएरपछि मीडिया कन्फ्रेन्समा कोहलीको फर्मबारे प्रश्न गरिँदा राठौर जवाफ दिन तयार थिए। राठौरले भने, मेरो अघि प्रत्येकपल्ट विराट कोहलीको फर्मबारे प्रश्न गरिँदा मलाई राम्रो लाग्छ। चिन्ताको कुनै कुरा छैन। उनी (कोहली) जुन टुर्नामेण्ट (आईपीएल)-बाट आएका छन् त्यहाँ असाधारण ब्याटिंग गरिरहेका थिए। यहाँ केही खराब प्रदर्शनले कुनै फरक पर्दैन। उनी वास्तवमा असल ब्याटिंग गरिरहेका छन्।
राठौरलाई भारतका नम्बर एक ब्याटरले टीमलाई सबैभन्दा धेर आवश्यकता हुँदा असल प्रदर्शन गर्ने आशा रहेको छ। उनले भने, अहिले उनी रनको भोको छन् अनि यो असल कुरा हो। अहिले उनी असल प्रदर्शन गर्न उत्सुक छन्। मेरो विचारमा एकजना ब्याटरको रूपमा उनी अहिले असल स्थितिमा छन्। कोहली जस्ता ब्याटरलाई फर्म हासिल गर्न एउटा असल ईनिंग्स नै पर्याप्त हुन्छ। सुपर ८-मा शिवम दुबे र अक्षर पटेलसहित ४ जना अलराउण्डर खेलाउने प्रसंगमा राठौरले स्पष्ट केही बताउन चाहेनन्। उनले भने, हामीले एउटा लचिलो टीम बनाउनु पर्नेछ। हामीले परिस्थितिहरू बिचार्नु पर्नेछ अनि त्यससँग जुझ्न तयार रहनु पर्नेछ। हामी म्याचको दिन परिस्थितिहरू बिचारेर तयारी गर्नेछौं। टीमको संयोजनबारे हतारमा केही भन्न सकिँदैन। यसबाहेक हामीसँग जस्तै परिस्थितिसँग पनि जुझ्न पर्याप्त संसाधन रहेको छ। उल्लेखनीय छ, सुपर ८-मा भारतको पहिलो म्याच २० जूनमा अफगानिस्तान विरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement