बर्लिन: यूरो कप २०२४ फूटबल टुर्नामेण्टको ग्रुप ए-मा गत विजेता इटलीको साथमा शक्तिशाली स्पेनले जीतको साथ शुरुवात गऱ्यो। शनिवार अबेर राति खेलिएको म्याचमा स्पेनले क्रोएशियालाई ३-०-ले पराजित गऱ्यो। ओलम्पियास्टेडियन बर्लिनमा खेलिएको यस म्याचमा स्पेनले तीनैवटा गोल पहिलो हाफमा दर्ता गऱ्यो। म्याचमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने तीनपल्टको च्याम्पियन स्पेनिश टीमबाट अल्वारो मोराटाले २९औं, फाबियन रुईजले ३२औं र डानी कार्भाहालले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। म्याचमा आक्रामक फूटबल खेले पनि खराब फीनिशिंगले गर्दा क्रोएशियाले एक गोल पनि गर्न सकेन। यसरी गत विजेता इटलीले अल्बानिया विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचमा इटलीको शुरुवात चाहिँ खराब रह्यो अनि नेदिम बाजरामीले पहिलो मिनटमै गोल गरी अल्बानियालाई बढ़त दिलाए। यसरी पहिलो मिनटमै गोल खाएपछि म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने इटलीले पनि म्याचलाई नियन्त्रणमा ल्याउन अधिक समय लगाएन। अलेसान्द्रो बास्तोनीले ११औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि निकोलो बारेल्लाले १६औं मिनटमा अझ एक गोल गरी इटलीलाई २-१-ले विजयी बनाए। म्याचको रहल समयमा थप गोल हुन सकेन। यसरी म्याचको तीनैवटा गोल १६ मिनटभित्र भयो। ग्रुप ए-मा अहिले स्पेन र इटलीसँग ३-३ पोइण्ट्स रहे पनि गोल अन्तरको आधारमा स्पेन शीर्ष स्थानमा छ।








