झापा: एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले जुनको अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। विद्यार्थीले हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। योभन्दा कम प्रतिशत अंक ल्याए अनुत्तीर्ण मानिनेछ। गत वर्षभन्दा फरक शैलीले परीक्षाफल प्रकाशन हुने भएकाले नतिजामा पनि फेरबदल आउने बोर्डले जनाएको छ।










