माउसेसद्वारा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री वितऱण

IMG-20220811-WA0194.jpg

रम्फू: मानव उत्थान सेवा समिति सिक्किम राज्य युवा प्रकोष्ठको शिक्षा अभियानको ब्यानरमा रम्फू तहसीलद्वारा अमृता माताजीको ६४औं जन्मदिनको उपलक्ष्यमा विद्यार्थीवर्गलाई चाहिने आवश्यक सामग्री जस्तै पेन्सिल,खाता,रबर आदि वितरण गरियो। उक्त सामग्री कालेबुङ जिल्ला अन्तर्गत रम्फू फरेस्ट भिलेजको देवान प्राथमिक पाठशालाका १९० विद्यार्थीहरुलाई वितरण गरिएको हो। प्रदान गरे। रम्फू तहसील प्रभारी महात्मा ज्ञान बाईजीको विशेष उपस्थिति बिच समितिका वरिष्ठ कार्यकर्ता भरत कुमार प्रधान,माझीटार यूनियन ब्याङ्कका प्रबन्धक जनम राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यसरी नै दक्षिण सिक्किम नाम्ची अनि सुम्बुक तहसीलद्वारा पनि डुवर्सको बाग्राकोट तहसीलको विशेष सक्रियतामा डामडिम बजार महाज्योति कलोनीकोशिशु शिक्षा केन्द्र र डामडिम ३ नम्बर चिया बगान प्राथमिक पाठशालामा पनि आवश्यक सामग्री वितरण गरिएको जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *