यूरो कप २०२४: स्विट्जरल्याण्ड ३-१-ले विजयी

IMG-20240616-WA0128.jpg

बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा स्विट्जरल्याण्डले जीतको साथ शुरुवात गऱ्यो। शनिवार राति खेलिएको ग्रुप ए-को म्याचमा स्विट्जरल्याण्डले हंगेरीलाई ३-१-ले पराजित गऱ्यो। रेनएनर्जीस्टेडियनमा खेलिएको म्याचमा स्विस् टीमले मध्यान्तर अघि नै २ गोलको बढ़त हासिल गरी विपक्षी टीमलाई चेपारोमा पाऱ्यो। म्याचमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने स्विट्जरल्याण्डबाट क्वाड्वो दुआहले १२औं, माइकेल एबिश्चरले ४५औं र ब्रील एम्बोलोले दोस्रो हाफको इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। यसरी हंगेरीबाट एकमात्र गोल बार्नबास भर्गाले ६६औं मिनटमा गरे। यस जीतको साथै स्विट्जरल्याण्ड ग्रुप ए-मा ३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा आयोजक जर्मनीपछि दोस्रो स्थानमा रहन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement