आईसीसी टी२० वर्ल्ड कपः स्कटल्याण्ड विरुद्ध अष्ट्रेलियाको जीतले ईंग्ल्याण्ड सुपर ८-मा

IMG-20240616-WA0115.jpg

ग्रस आइलेट (सेण्ट लूसिया): आईसीसी टी२० वर्ल्ड कपको महत्त्वपूर्ण म्याचमा अष्ट्रेलियाको जीतले ईंग्ल्याण्डलाई फाइदा भयो। आइतवार बिहान खेलिएको ग्रुप बी-को म्याचमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै अगावै सुपर ८-मा पुग्ने अष्ट्रेलिया ४ वटा म्याचमा ८ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा कायम रह्यो। यसरी ईंग्ल्याण्ड र स्कटल्याण्डले चाहिँ ४-४ वटा म्याचमा ५-५ पोइण्ट्स हासिल गऱ्यो तर नेट रन रेटको आधारमा ग्रुपको दोस्रो स्थानमा रहेर जोस बटलरको कप्तानीमा रहने टीमले सुपर ८-मा खेल्ने सौभाग्य हासिल गऱ्यो। डेरेन सेमी नेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८० रनको मजबूत स्कोर बनायो। जवाफमा अष्ट्रेलियाले खराब शुरुवातपछि १९.४ ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएर म्याच जित्यो। चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै अष्ट्रेलियाको शुरुवात खराब रह्यो अनि ३४ रनमै २ विकेटको पतन भइसकेको थियो। यसमा डेविड वार्नर १ र कप्तान मिचेल मार्श ८ रन बनाएर आउट भए। ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट हुँदा पनि स्कोर केवल ६० रन रहेको थियो। त्यहाँबाट ओपनर ट्रेविस हेडले मार्कस स्टोइनिससँग चौथो विकेटको निम्ति ८० रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याए। हेडले ४९ बल खेलेर ६८ रन बनाए। उनले ५ वटा चौका र ४ वटा छक्का लगाए। यसरी स्टोइनिसले २९ बल खेलेर ५९ रन बनाए। उनले ९ वटा चौका र २ वटा छक्का लगाए। त्यसपछि टिम डेविडले अविजित २४ रनको साथ टीमलाई जीत दिलाए। डेविडले १४ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। स्कटल्याण्डका बलरहरूमा मार्क वाट र साफयान शरिफले २-२ विकेट लिए। यसअघि स्कटल्याण्डको ईनिंग्समा ब्राण्डन म्याकमूलनको अर्द्धशतक मुख्य आकर्षण रह्यो। केवल ३ रनमा पहिलो विकेटको पतनपछि म्याकमूलनले ओपनर जर्ज मुन्सेसँग मिलेर दोस्रो विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरे। मुन्सेले २३ बलमा २ वटा चौका र ३ वटा छक्काको साथ ३५ रन बनाए। यसरी म्याकमूलनले ३४ बल खेलेर ६० रन बनाए। उनले ६ वटा छक्का र २ वटा चौका लगाए। मुन्से र म्याकमूलन आउट भएपछि कप्तान रिची बेरिंग्टनले अन्तसम्म क्रीजमा डटेर टीमलाई असल स्कोरसम्म पुऱ्याए। बेरिंग्टनले २ वटा छक्का र एउटा चौकाको साथ ३१ बलमा अविजित ४२ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिए। मार्कस स्टोइनिसलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement