झापा :डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २१ जना बिरामी परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका १२ महिला र ९ पुरुष गरि २१ जना एकसाथ बिरामी परेका हुन् ।गाउँमा रोपाइँ गर्न गएका उनीहरू त्यहीँ खाना खाएर बिरामी परेको जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले बताएका छन्।