एण्टीगा: आईसीसी टी२० वर्ल्ड कपमा सुपर ८-मा पुगिसकेको अफगानिस्तानले आफ्नो रहल म्याचहरूका निम्ति १५ सदस्यीय टीममा मामूली फेरबदल गरेको छ। चोटले गर्दा अफ् स्पिनर मुजीब उर रहमान रहल म्याचहरूबाट बाहिर भएका छन्। यसैकारण आईसीसी इभेण्ट टेक्निकल कमिटीले अफगानिस्तानलाई मुजीबको स्थानमा आक्रामक ब्याटर हजरतुल्लाह जजईलाई खेलाउने अनुमति दिएको छ। अफगानिस्तानले आफ्नो पहिलो तीनवटा म्याच जितेर अगावै टी२० वर्ल्ड कपको सुपर ८ चरणमा स्थान बनाइसकेको छ। अफगानिस्तानका २३ वर्षीय अफ् स्पिनर मुजीबले अहिलेसम्म ४६ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ५९ विकेट हासिल गरिसकेका छन्। उनले जारी वर्ल्ड कपको ग्रुप सी-मा अफगानिस्तानको तर्फबाट केवल एउटा म्याच खेले। युगाण्डा विरुद्ध त्यस म्याचमा उनले ३ ओभरमा १६ रन खर्च गरी एक विकेट लिएका थिए। मुजीबको दाहिने हातको औंलीमा चोट लागेको छ अनि त्यही चोटले गर्दा उनी टी२० वर्ल्ड कपबाट बाहिर भएका छन्। मुजीब टुर्नामेण्टबाट बाहिर भए पनि अफगानिस्तान टीममा कप्तान राशिद खानको साथमा नूर अहमद र मोहम्मद नबी जस्ता स्तरीय स्पिनर रहेका छन्।










