यो मेरो अन्तिम टी२० वर्ल्ड कपः ट्रेण्ट बोल्ट

IMG-20240615-WA0306.jpg

तारोबा (त्रिनिदाद): न्यूजील्याण्ड क्रिकेट टीमका अनुभवी पेस बलर ट्रेण्ट बोल्टले जारी टी२० वर्ल्ड कप खेलको सबैभन्दा छोटो प्रारूपमा उनको अन्तिम वैश्विक टुर्नामेण्ट हुने घोषणा गरेका छन्। बोल्ट २०११-मा पदार्पणदेखि नै न्यूजील्याण्ड टीमको महत्त्वपूर्ण हिस्सा रहेका छन्। उनीसँग आईसीसी-को टी२० वर्ल्ड कप, वनडे वर्ल्ड कप र वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल खेल्ने अनुभव छ। उनले २०१४-देखि ४ वटा टी२० वर्ल्ड कपमा हिस्सा लिएका छन्। बोल्टले आज भने, यो मेरो अन्तिम टी२० वर्ल्ड कप हुनेछ अनि मैले फसेला गरिसकेको छु। न्यूजील्याण्ड टी२० वर्ल्ड कपमा सुपर ८- को रेसबाट अगावै बाहिर भएको हुनाले आज युगाण्डा विरुद्ध जीत केवल औपचारिकता बनेर रह्यो। न्यूजील्याण्डले अब ग्रुप सी-को आफ्नो अन्तिम ग्रुप म्याचमा पापुआ न्यू गिनी विरुद्ध खेल्नेछ, जुन यस ३४ वर्षीय देब्रे हातका पेस बलरको अन्तिम टी२० म्याच हुनेछ। न्यूजील्याण्डको प्रदर्शनबारे बोल्टले भने, हामी निश्चित रूपले टुर्नामेण्टमा यस्तो शुरुवात चाहँदैन थियौं। यसको पीढ़ाले लामो समयसम्म सताउनेछ। टुर्नामेण्टमा अघि बढ्न नसकेर हामी निराश छौं तर मेरो निम्ति देशको प्रतिनिधित्व गर्नु सदा सम्मानको कुरा रह्यो। टीमसँग बिताएको हरेक दिनलाई म कहिले भुल्ने छुइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement