सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः मिक्स अप् बोइज सेमिफाइनलमा

IMG_20220811_211909.jpg

११ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा बिहीवार भएको क्वार्टर म्याचमा खरसाङ (Kurseong)-को मिक्स अप् बोइजले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा मिक्स अप् बोइजले सिक्किम पुलिसलाई १-०-ले पराजित गऱ्यो। आजको विजेता टीमले अब सेमिफाइनलमा मानेभञ्ज्यांग एफसी-को चुनौती स्वीकार्नेछ।

टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *