शुभमन गिल र आवेश खानलाई भारत फर्किने निर्देश दियो टीम म्यानेजमेण्टले

IMG-20240615-WA0304.jpg

न्यूयोर्क: भारतीय टीम म्यानेजमेण्टले अनुशासनहीनताको मामिलामा फेरि कठोर कदम उठाएको छ। यसपाली शुभमन गिल र आवेश खानले परिणाम भोग्नु परेको छ। यी दुईजना खेलाड़ी आईसीसी टी२० वर्ल्ड कपको निम्ति भारतीय क्रिकेट टीमसँग अमेरिकामा रहेका छन्। यी दुईजनालाई भारतीय टीमको अमेरिका चरण (लीग म्याचहरू) समाप्त भएपछि स्वदेश फर्किने निर्देश दिइएको छ। पहिला चोटले गर्दा उनीहरूलाई स्वदेश पठाइने खबर अघि आएको थियो तर अहिले थाहालागे अनुसार गिललाई अनुशासनहीनताको मामिलामा शास्ती दिइएको छ। यसबीच गिलले इन्स्टाग्राममा कप्तान रोहित शर्मालाई अनफलो गरेको खबर प्रकाशमा आएपछि विवाद अझ चर्किएको छ। यशस्वी जयसवाल जस्ता फर्ममा रहने ओपनिंग ब्याटर भएको हुनाले गिललाई टी२० वर्ल्ड कपको निम्ति १५ सदस्यीय भारतीय टीममा स्थान प्राप्त भएको थिएन। टीम म्यानेजमेण्टले गिललाई रिजर्व खेलाड़ीको रूपमा चाहिँ टीमसँग अमेरिका लगेको थियो। अहिले रिकू सिंह र खलील अहमदले पनि रिजर्व खेलाड़ीको रूपमा भारतीय टीमसँग यात्रा गरिरहेका छन्। यी चारैजनाले अहिलेसम्म म्याच खेल्ने मौका चाहिँ पाएका छन् कारण भारतले आफ्नो पहिलो तीनैवटा म्याच जितेर सुपर ८ चरणमा स्थान बनाइसकेको छ अनि प्रथम एकादशमा कुनै फेरबदल गरिएको छैन। अहिले अमेरिकामै रहे पनि गिललाई टीमसँग यात्रा गरिरहेको देखिएको छैन। उनले टीमसँग कम्ती समय बिताएर अमेरिकामा अन्य कुराहरूमा ध्यान दिएको पनि सूत्रबाट थाहालागेको छ। यसअघि अनुशासनहीनताले गर्दा नै इशान किशनले पनि राष्ट्रिय टीममा आफ्नो स्थान गुमाएका थिए। टी२० वर्ल्ड कपमा भारतको अन्तिम ग्रुप म्याच कनाडा विरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement