सोरेङ ट्याक्सी ड्राइभर एसोसिएसनद्वारा सिङ्धापमा बिरुवारोपन

IMG-20240615-WA0301.jpg

सोरेङ: दिनरात यात्रुहरुहरुलाई आवातजावतमा सेवा पुर्‍याउँदै आइरहेका सोरेङ ट्याक्सी ड्राइभर एसोसिएसनका सदस्यहरुले आज सोरेङ जिल्लाको सिङलिङस्थित सिङ्धाप घाटमा ठूलो संख्यामा बिरुवा रोपन कार्यक्रम सम्पन्न गरेको छ। उनीहरुले आज आफ्नो दैनिक कार्य सवारीसाधनलाई थन्क्याएर सात सयवटा विरुवाहरु रोप्ने कार्य गरे। सिङलिङ सिङ्धाप सोरेङ वारीपारी क्षेत्रको निम्ति दाह संस्कार गर्ने एउटा मुख्य घाट हो। एसोसिएसनले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम सरकारले थालनी गरेका बन -जङ्गल र पर्यावरणको संरक्षणको लागि जमीनमा उतारेका ‘मेरो रुख मेरो सन्तति’ कार्यक्रमलाई पनि चालकहरुमा जागरुकता फैलाउन बोर्डहरु लगाउने कार्य गरे। अर्कोतिर दाह संस्कार गर्ने ठाउँमा रुखहरुको अभाव हुँदै गएको अवस्था भएकोले पनि उतिसको बिरुवा व्यापक रूपमा लगाइएको एसोसिएसनका अध्यक्ष भरत छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement