‘क्याप’ को मासिक मुखपत्र “नागरिक सन्देश” सार्वजनिक

IMG-20240615-WA0302.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमको पार्टी मुख्यालय रेसिथाङ गान्तोकमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा पार्टीले आफ्नो मासिक मुखपत्र “नागरिक सन्देश” को विधिवत लोकार्पण गख्यो। यस कार्यक्रममा पार्टीका प्रमुख संयोजक गणेष कुमार राई, विभिन्न काउन्सिलका कार्यवाहक अध्यक्षगण, कार्यकारी अध्यक्ष लाक्पा शेर्पा, विभिन्न समष्टिबाट गत विधानसभा चुनाउका उम्मेद्वारहरु, पार्टीका अन्य प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्थिति रह्यो। पार्टीको प्रचारप्रसार काउन्सिलद्वारा मासिक रूपमा यसरी मुखपत्र निकाल्न पार्टीले यो जुन महिना अंकको प्रकाशित गरेको हो। पार्टीले “नागरिक सन्देश” मासिक रूपमा निकाल्नेछ। सभालाई सम्बोधन गर्दै प्रमूख संयोजक गणेश राईले पार्टीको प्रचारप्रसार काउन्सिललाई उक्त कार्यको लागि कृतज्ञता व्यक्त गर्दै हर जनमानसमा यो मुखपत्र पुग्नुपर्ने बताए। पार्टी अध्यक्ष भरत बस्नेतले यस पहलको निम्ति धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ प्रगाढ प्रगति र तरक्कीको निम्ति पार्टीको प्रचारप्रसार काउन्सिल सशक्त हुनुपर्ने बताए। कार्यकारी अध्यक्ष प्रशान्त बाबु छेत्रीले सभालाई गत चुनावको मतगणनालाई सर्वेक्षण गर्दै सिटिजन एक्सन पार्टी सिक्किमले लोकप्रियता प्राप्त गरेको बताए। उक्त कार्यक्रममा पार्टीले वर्तमान भल पैह्रो पीडित बनेर जीवन गुमाउने ब्यक्तिहरुको आत्माले शान्ति प्राप्त गरोस भन्दै दुई मिनटको मौनधारण गर्दै घाइते र विस्थापित परिवारको निम्ति प्रशासन र सरकार अति संवेदनशील हुनुपर्ने निवेदन समेत गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement