मंगन जिल्ला प्रशासन टोलीको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण

IMG-20240615-WA0297.jpg

गान्तोक: मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको नेतृत्वमा जिल्ला प्रशासनिक अधिकारीहरुको एक टोलीले हालैको वर्षाले क्षतिग्रस्त सम्पत्तिहरूको उद्धार, पुनर्स्थापना र मूल्याङ्कन गर्दै जायजा लिएको छ। टोलीमा एनडीआरएफ, सेना लगायत राज्य सरकरका विभिन्न विभागहरूको सहभागिता थियो। जिल्लाका प्रभावित क्षेत्रको समीक्षा गर्ने क्रममा मन्त्रीहरू पिन्छो नामग्याल लेप्चा, साम्डुप लेप्चा र छिरिङ टेन्दुप भोटिया, जिल्ला अधिकारी र सम्बन्धित विभागका अधिकारीहरूले पनि निरीक्षण गरेका छन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ टेन्दुप भोटियाको निर्देशमा मौसमको अवस्था हेरेर लाचुङबाट पर्यटकलाई एयरलिफ्ट र सडकमार्गबाट निकाल्ने कार्य भोलिदेखि सुरु हुने जानकारी दिइएको छ। उल्लेखनीय छ कि एनडीआरएफ मापदण्ड अनुसार सम्बन्धित क्षेत्रका विधायक तथा मन्त्री मार्फत मृतकका आफन्तहरूलाई चार लाखको चेक प्रदान गरिएको छ। जिल्लामा पर्याप्त राशन भण्डारण गरिएको जानकारी दिएको छ। यस क्षेत्रका अधिकांश भागहरूमा विद्युत र दुरसञ्चार, खानेपानी आपूर्ति र अत्यावश्यक वस्तुहरूबाट बञ्चित थिए अहिले पुनःस्थापित भएका छन्। आमजनताको सञ्चार सुविधाका लागि एक अपरेटरको नेटवर्क अर्को अपरेटरसँग साझेदारी गर्ने इन्ट्रा सर्कल रोमिङ पनि लागू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement