सिलगढी: एनजेपी पुलिस थाना इलाकाको फ्ल्याटबाट एक व्यक्तिको कुहिएको अवस्थामा लाश फेला परेको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। एनजेपीको भक्तिनगर मेन रोडमा रहेको फ्ल्याटमा ५६ वर्षीय शुभब्रत डे एक्लै बस्ने गरेको बताइएको छ। उक्त व्यक्तिकी श्रीमतीको ३ वर्षअघि मृत्यु भएको थियो। त्यसयता उनी फ्ल्याटमा एक्लै बस्दै आएका थिए। पछिल्ला केही दिनदेखि घरकी कामदार कामको लागि आउने गर्दथे तर फोन गर्दा कुनै प्रतिक्रिया नआएपछि फर्किन्थ्यो। कामदारले फ्ल्याटमा बस्ने एक व्यक्तिलाई पनि यो कुरा बताएकी थिइन्। पछि उक्त व्यक्तिका आफन्तले घटनाबारे जानकारी गराएका थिए। खबर सुनेर ती व्यक्तिको भतिजा फ्ल्याटमा पुग्यो। फ्ल्याटको ढोका खोल्दा शुभब्रत डे मृत अवस्थामा फेला परेका थिए। यसपछि एनजेपी पुलिस थानालाई जानकारी दिइएको थियो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर लाशलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।










