मङ्गन: जिल्ला प्रशासन कार्यालय मङ्गन जिल्ला अधिकारी हेमकुमार छेत्रीको नेतृत्वमा रहेको जिल्ला प्रशासनिक टोलीले एसपी, एडीएम, एसडीएमलगायतको सहयोगमा हालैको अविरल वर्षाका कारण क्षति भएका सम्पत्तिको उद्धार, पुनर्निर्माण र मूल्यांकनमा लगनशीलताका साथ काम गरिरहेको छ। एडीसी (देव), बीडीओ, लाइन विभागहरू जस्तै वन, सडक र पुलहरू, पीएचई, पावर, प्रहरी र सर्वसाधारण लागिपरेका छन्। जिल्लाका प्रभावित क्षेत्रको मन्त्रीहरू पिन्टसो नामग्याल लेप्चा, सम्दुप लेप्चा र छिरिङ तेन्दुप भुटिया, जिल्ला अधिकारी र सम्बन्धित विभागका अधिकारीहरूले निरीक्षण गरेका छन्।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ तेन्दुप भुटियाको देखरेखमा मौसमको अवस्था हेरेर लाचुङबाट पर्यटकलाई एयरलिफ्ट र सडकमार्गबाट निकाल्ने कार्य भोलिदेखि शुरु हुने जानकारी दिइएको छ। यो पनि उल्लेख गरिएको छ, रु. ४००००० एनडीआरएफको मापदण्ड अनुसारसम्बन्धित क्षेत्रका विधायक सहमन्त्री मार्फत मृतकका आफन्तहरूलाई वितरण गरिएको छl जिल्लामा पर्याप्त राशन भण्डारण गरिएको छ। यस क्षेत्रका अधिकांश भागहरूमा विद्युत र दूरसञ्चार, खानेपानी आपूर्ति र अत्यावश्यक वस्तुहरू पनि पुनःस्थापित भएका छन्। आमजनताको सञ्चार र सुविधाका लागि आईसीआर (एक अपरेटरको नेटवर्क अर्को अपरेटरसँग साझेदारी गर्ने इन्ट्रा सर्कल रोमिङ) पनि लागू गरिएको छ। -आईपीआर