सिलगढी: राजु विष्ट दार्जिलिङको सांसद दोस्रो पटक लोकसभा चुनाव जिते। यही खुशीमा आज सिलगढी शहरमा भाजपाले विजय र्याली निकालेको छ।

सिलगढीको सदर हास्मी चोकबाट शुरु भएको र्यालीले सेवक रोड, हिलकार्ट रोडलगायत विभिन्न मार्गको परिक्रमा गरेको थियो। र्यालीमा सहभागी भाजपा सांसद राजु विष्टले आफ्नो जितका लागि नगरवासीप्रति आभार व्यक्त गरे।

उक्त जुलुसमा विधायक, पार्षद र भाजपा नेताहरुको उपस्थिति रहेको थियो।