प्रतिबन्धित खोकी सिरपसहित दुई जना पक्राउ

photocollage_2024615212049973

सिलगढी:  घोषपुकुर चौकी पुलिसले घोषपुकुर क्षेत्रमा छापा मार्यो। पुलिसले मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएर खोजी गर्यो। खोजीका क्रममा उनीहरूबाट प्रतिबन्धित कफ सिरप बरामद भयो। यस घटनामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुको नाम सुजित मोडक (३७) र कमलेश दास (३६) रहेको छ। दुवै फाँसीदेवा ब्लकको रामकृष्णपल्ली क्षेत्रका बासिन्दा हुन्। पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित लागु औषध खोकी सिरपको १ सय ६० बोतल बरामद भएको घोषपुकुर चौकी पुलिस स्रोतले जनाएको छ। बरामद अवैध लागूऔषध कफ सिरपको अनुमानित बजार मूल्य करिब करोड रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement