एक पर्यटकले जंगलमा हात्तीको फोटो खिच्दै गर्दा…

IMG-20240615-WA0264

जलपाईगढी: जंगली हात्तीको तस्वीर खिच्नु पर्यटकका लागि महँगो साबित भयो। वन विभागले जंगली हात्तीको अगाडि जान र फोटो खिच्न बारम्बार प्रतिबन्ध लगाए पनि कतिपयले त्यसतर्फ ध्यान दिएका छैनन्। शनिबार फोटो खिच्ने क्रममा एक पर्यटकलाई हात्तीले लखेट्यो। जलपाईगढी जिल्लाको मिलनपल्ली क्षेत्रमा भएको यो घटनापछि पूरै इलाकामा त्रास छाएको छ। समास्चारअनुसार आज दिउँसो बैकुण्ठपुर जंगलको नहर रोडको किनारमा धेरै हात्ती उभिएको थियो। त्यतिबेला एकजना पर्यटक त्यही बाटोमा गुडिरहेका थिए। हात्तीको बथान देखेपछि पर्यटकको गाडी रोकियो। पर्यटकसँगै चालक गाडीबाट ओर्लेर हात्तीको धेरै नजिक गएर त्यसको फोटो खिच्न थाले। त्यसपछि अचानक हात्तीको समूहमा रहेको एउटा हात्तीले पर्यटकलाई लखेट्यो। स्वाभाविक रूपमा हात्ती देखेपछि पर्यटक भागे तर, सडक छेउमा उभिएका डम्पर चालकले ठूलो स्वरमा हर्न बजाए र हात्ती रोकिए र पर्यटक र चालकको ज्यान जोगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement