नेपाल आईडलको फाइनलमा प्रवेस गरेका मोहित भुजेललाई सन्त अल्फन्सेस विद्यालयमा भव्य स्वागत

IMG-20240615-WA0245.jpg

मोहित भुजेलले दिए प्रस्तुति

खरसाङ: नेपाल आईडलको फाइनलमा प्रवेस गरेका मोहित भुजेललाई आज आफुले पढेको विद्यालय सन्त अल्फन्सेस विद्यालयमा भव्य स्वागत जनाएका छन् भने मोहित भुजेलले पनि आफ्नो प्रस्तुति दिएका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेल नेपाल आईडल सिजन पाँचको फाईनलमा पुगेपछि दुई दिनको लागि घर आएका छन्। यसावधि आज उनलाई सन्त अल्फन्सेस विद्यालयमा भव्य स्वागत जनाएका छन्। उनलाई विद्यालयको फादर केबीन मोक्तान लगायत शिक्षक शिक्षिकाहरू क्रमैले बिपिन मोसेस, ए रेहमान, दिलिप छेत्री, मनोज गिरी, मिमेरभा पटेल, डिकी यल्मो, दिव्यत्तम अधिकारी लगायत विद्यार्थीहरूद्वारा स्वागत जनाइएको थियो। त्यसको साथै सन्त अल्फन्सेस विद्यालयको भूतपूर्व विद्यार्थी संगठनद्वारा गीतकार खगेन्द्र मंग्राती, कुन्दन प्रधान र दिपेन मुखिया पनि उपस्थित रहेका थिए। आफ्नो भूतपूर्व विद्यार्थी मोहित भुजेल नेपाल आईडलको फाइनलमा प्रवेस गरेपछि आफ्नो विद्यालय सम्झेर आएकोमा विद्यालयको फादर, शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरूले खदार्पण गरेर स्वागत जनाएका थिए।

विद्यालयको हलमा सम्पन्न स्वागत कार्यक्रममा मोहित भुजेलको पिता साथै परिवारका सदस्यहरू पनि उपस्थित रहेका थिए। कार्यक्रमलाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस अवसरमा मोहित भुजेलले आफ्नो स्कूलमा आएर २०१६ तिर मुना मदनमा नायकको अभिनय गरेको कुराहरू सम्झना गरेका थिए अनि त्यही बेलादेखि आफुमा कलाकारिताको बीज रोपिएको बताए। उनले आफुलाई भोट गरेर साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा मोहित भुजेलले आफ्नो सांगीतिक प्रस्तुति दिन्दै केही गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै नेपाल आईडलको फाइनलमा प्रवेस गरेका मोहित भुजेलले आफ्नो अनुभवहरू साझा गरेका थिए। यसको साथै मोहित भुजेलले आफ्नो सांगीतिक यात्राको गुरुहरू संगीतकार रुपेस रसाईली र संगीत गुरु गोबिन्दसिंह घतानी गुरुजीलाई घरमै गएर भेट गरी आशिर्वाद लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement