आईसीसी टी२० वर्ल्ड कपः जीतको खाता खोल्न सफल न्यूजील्याण्ड

IMG-20240615-WA0166.jpg

त्रिनिदाद: लगातार दुईवटा हारपछि अन्तमा गएर न्यूजील्याण्डले आईसीसी टी२० वर्ल्ड कपमा जीतको खाता खोल्यो। शनिवार बिहान खेलिएको ग्रुप सी-को म्याचमा न्यूजील्याण्डले अनुभवहीन युगाण्डालाई ९ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै युगाण्डाको टीम १८.४ ओभरमा केवल ४० रन बनाएर अलआउट भयो। युगाण्डाबाट केवल केनेथ वैश्वले १० भन्दा अधिक रन बनाउन सके। केनेथले १८ बल खेलेर २ वटा चौकाको साथ ११ रन बनाए। केवल १५ रनमा ५ विकेट गुमाएपछि युगाण्डाले म्याचमा फर्किने मौका पाएन। न्यूजील्याण्डका बलरहरूमा टिम साउदीले ४ ओभरमा केवल ४ रन खर्च गरी सर्वाधिक ३ विकेट लिए। यसबाहेक ट्रेण्ट बोल्ट, मिचेल सेण्टनर र रचिन रविन्द्रले २-२ विकेट लिए। जवाफमा न्यूजील्याण्डले केवल ३२ बल खेलेर ४१ रनको लक्ष्यलाई हासिल गऱ्यो। यस अवधि टीमले फिन एलनको रूपमा एकमात्र विकेट गुमायो, जसले ९ रन बनाए। डेवोन कनवे २२ र रचिन रविन्द्र १ रनमा अविजित रहे। उल्लेखनीय छ, पहिलो दुईवटा म्याच हारेपछि न्यूजील्याण्ड अगावै सुपर ८-को रेसबाट बाहिर भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement