नयाँ दिल्ली: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्ट भारतीय समयानुसार शुक्रवार अबेर राति (राति १२:३० बजीदेखि) शुरु भयो। टुर्नामेण्टको उद्घाटन म्याचमा जर्मनीले स्कटल्याण्डलाई ५-१-ले पिट्यो। आलियाञ्ज एरेनामा खेलिएको यस एकतर्फी म्याचमा जीत हासिल गर्न आयोजक जर्मनीलाई अधिक असुविधा भएन। म्याचमा ७३ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीले मध्यान्तर अघि नै ३ गोल गासिल गऱ्यो। यसमा फ्लोरियन विर्त्जले १०औं, जामाल मुसिआलाले १९औं र काई हावेर्त्जले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। त्यसपछि निकलस फुलक्रुगले ६८औं र एमरे कानले दोस्रो हाफको इञ्ज्युरी टाइमको तेस्रो मिनटमा अझ २ गोल थपे। एण्टोनिओ रुडिगरले ८७औं मिनटमा आत्मघाती गोल गर्दा स्कटल्याण्डको टीमले म्याचको एकमात्र गोल हासिल गऱ्यो। म्याचको ४४औं मिनटमा डिफेण्डर ऱ्यान पोर्टिअसले रेड कार्ड देख्या स्कटिस टीमले दोस्रो हाफको खेलमा १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो।
फूटबल खेलको मिनी वर्ल्ड कप मानिने यो टुर्नामेण्ट १५ जूनदेखि १५ जुलाईसम्म चल्नेछ। यसमा ग्रुप चरणका म्याचहरू २६ जूनसम्म खेलिनेछ। यसरी नक्आउट चरण २९ जूनदेखि शुरु हुनेछ। यूरो २०२४-मा जम्मा २४ वटा टीमले हिस्सा लिइरहेको छ। यी टीमहरूलाई ४-४-को ६ वटा ग्रुपमा बाँड़िएको छ अनि हरेक ग्रुपको शीर्ष दुईमा रहने टीमहरूले राउण्ड अव् १६-मा स्थान बनाउनेछ। यसरी नै तेस्रो स्थानमा रहने सर्वश्रेष्ठ ४ वटा टीमले पनि प्री-क्वार्टर फाइनलमा स्थान बनाउनेछ। यूरो कप २०२४-को ग्रुप ए-मा जर्मनी र स्कटल्याण्ड बाहेक स्विट्जरल्याण्ड र हंगेरी रहेको छ। ग्रुप बी-मा स्पेन, क्रोएशिया, इटली र अल्बानिया रहेको छ। ईंल्याण्डसँग ग्रुप सी-मा स्लोवेनिया, डेनमार्क र सर्बिया रहेको छ। ग्रुप डी-मा पोल्याण्ड, नीदरल्याण्ड, अष्ट्रिया र फ्रान्स रहेको छ। यसरी ग्रुप ई-मा बेल्जियम, स्लोवाकिया, रोमानिया र युक्रेन छ। यसबाहेक तुर्की, जर्जिया, पोर्तुगल र चेक रिपब्लिक ग्रुप एफ-मा छ। टुर्नामेण्टको फाइनल १५ जुलाईमा बर्लिनको ओलम्पियास्टेडियनमा हुनेछ।
उल्लेखनीय छ, यूरो कपको शुरुवात १९६०-मा भएको थियो अनि प्रत्येक ४ सालमा टुर्नामेण्टको आयोजन हुँदै आएको छ। यसबीच कोरोना महामारीले गर्दा २०२०-मा चाहिँ टुर्नामेण्टलाई एक सालको निम्ति स्थगित गरिएको थियो। फिफा वर्ल्ड कपपछि यस टुर्नामेण्टको सबैभन्दा अधिक महत्त्व भएको हुनाले नै यसलाई मिनी वर्ल्ड कप पनि भनिन्छ। टुर्नामेण्टको गत संस्करणमा इटलीले ईंग्ल्याण्डलाई पराजित गरी ट्रफी जितेको थियो। टुर्नामेण्टको इतिहासमा जर्मनी सबैभन्दा सफल टीम हो। यस टीमले गत १३ वटा संस्करणमा हिस्सा लिएर ५३ वटा म्याचमा २७ वटा जितेको छ। यसबाहेक टीमले १३ वटा म्याच हारेर १३ वटा नै ड्र गरेको छ। अहिलेसम्म भएको १७ वटा संस्करणमा जर्मनी र स्पेनले सर्वाधिक ३-३ पल्ट खिताब जितेको छ। यसरी फ्रान्स र इटलीले पनि २-२ पल्ट ट्रफी उठाएको छ।