नेपाल आईडलको फाइनलमा प्रवेस गरेका मोहित भुजेललाई भव्य स्वागत

IMG-20240615-WA0146.jpg

खरसाङ: नेपाल आईडलको फाइनलमा प्रवेस गरेपछि मोहित भुजेल आफ्नो गाउँ घर आउँदा मानिसहरूले भव्य स्वागत जनाएका छन्। दार्जिलिङ पहाड़कै गौरव बनेका खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी निवासी मोहित भुजेल काठमाण्डौंबाट हवाई यात्रा गर्दै भद्रपुर हवाई अड्डामा आईपुग्दा उनको परिवार पक्षद्वारा स्वागत जनाएका थिए भने मोहित भुजेल फ्यान क्लब साथै तीनधारे महानदी समष्टिभरिका मानिसहरूले सुकनामा भव्य स्वागत जनाएका छन्। मोहित भुजेललाई सुकनाबाट भव्य स्वागत गरेर ल्याइएको थियो। उनलाई रंगटङ्ग भएर दुई नम्बर, चुनभट्टी, तीनधारे, जोगामाया, घैयाबारी महानदीमा भव्य स्वागत जनाउँदै आफ्नो गाउँ सिविटार चियाबारीस्थित घरमा पनि भव्य स्वागत जनाएका थिए।

यसावधि उनको प्रशंसकहरूले विभिन्न स्थानहरूमा भव्य स्वागत जनाउँदै भोट फर मोहित भुजेल र पहाड़को गौरव मोहित भुजेललाई नेपाल आईडलको फाइनलमा जिताऔं जस्ता नाराहरू लगाइएको थियो। सुकनामा पुगेर मोहित भुजेललाई स्वागत जनाउनेमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, गीतकार सुकुमार बराईली, तीनधारे महानदी समष्टी स्तरीय मोहित भुजेल फ्यानको सभापति कर्म मोक्तान, सचिव बिपन विश्वकर्म, कोषाध्यक्ष केवल राई, पञ्चायत समिति सदस्यद्वय दिक्षा छेत्री र कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत राजीव थापा, सीबी राई, निरा प्रधान साथै अन्यहरू उपस्थित रहेका थिए। मोहित भुजेललाई महानदीमा स्थानीयहरूले भव्य स्वागत जनाएका थिए। महानदीको चौकी डाँड़ादेखि पैदल यात्रा गराउँदै महानदी बजार परिक्रमा महानदी बजारको रेलवे स्टेशनसम्म लगिएको थियो। यसावधि महानदी बजारमा मोहित भुजेलले सम्बोधन गर्दै सहयोग, साथ र मायाको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले यसावधि एउटा गीत पनि प्रस्तुत गरेका थिए। महानदीबाट सिविटार चियाबारीस्थित उनको घरमा भव्य स्वागत जनाइएको छ।

मोहित भुजेल लगभग तीन महिनापछि दुई दिनक लागि घर आएका छन् भने आईतबार नेपाल फर्किनेछन्। उनी दुई दिन टक लागि नेपाल आईडलको टिमसितै आएका छन्। उनी अब गएर फाईनलमा आफ्नो प्रस्तुति दिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement