झापा: मोरङमा सरकारी गाडीले ठक्कर दिंदा दुई बालिका घाइते भएका छन्। मोरङको सुन्दरहरैंचा- १ पचाममा शुक्रबार करिव ५ बजे भएको सवारी दुर्घटनामा ग्रामथान ७ कि आयुसा गिरी र सुन्दरहरैंचा – २ की एरिना पौडेल घाइते भएको पुलिसले जनाएको छ।बिराटनगरबाट विराटचोक तर्फ गइरहेको मे १ झ १५६ को सरकारी नम्बर प्लेटको गाडीले साइकलमा सवार उनीहरुलाई ठक्कर दिएको थियो। गिरीको दुइ वटै खुट्टा भाचिएको छ भनेर पौडेलको एउटा खुट्टा भाचिएको पुलिसले जनाएको छ। उनीहरुको अहिले बिराटनगरस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ। गाडी बेलबारी इलाका पुलिस कार्यालयको नियन्त्रणमा रहेको बताईएको छ।