ताप्लेजुङमा बाढीको बितण्डा,५ जनाको मृत्यु, करोडौँको क्षति

IMG-20240615-WA0134.jpg

झापा: ताप्लेजुङमा बाढीपहिरोको वितण्डा सुरु भएको छ। जुन १३देखि शुरु भएको बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाई सकेका छन्। पहिरोले पुरिएर जुन १३जिल्लाको सिरिजङ्घा गाउँपालिका वडा नं. ७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो। पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षिय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो। त्यस्तै बिहिबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका(२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु रविनका बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो। वडा २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ। खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिए।बिहिबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताए। उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन्। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाइएको जिल्ला पुलिस कार्यालय ताप्लेजुङका पुलिस डिएसपी वलले जानकारी दिए। बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ। वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ। पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ। त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका ४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। उनका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ। घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पूर्ण क्षति, भान्सा घरमा पूर्ण क्षति साथै १४(१५ रोपनी मकै जग्गामा क्षति भएको छ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका(३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षति भएको छ। यस अघि गत जुन १६मा आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो। ताप्लेजुङमा जुन १२मा ३६।९ मिलिमिटर, जुन १३मा १६‍।८ मिलिमिटर र जुन १४मा २३।३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement