अणुव्रत मण्डललाई सीबीआईले बिहीवार अन्ततः पक्राउ

Anubrata-Mandal-2

कोलकता: आज पशु तस्करी मामिलामा राज्यका बाहुबली नेता एवं मुख्यमन्त्री ममता ब्यानर्जीका अतिनै खास बीरभूम तृणमूल अध्यक्ष अणुव्रत मण्डललाई सीबीआईले बिहीवार अन्ततः पक्राउ गरेको छ। अर्कोतिर, तिनको निम्ति फर्जी मेडिकल सर्टिफिकेट बनाउने डाक्टर चन्द्रनाथ अधिकारी असुरक्षा बोध गरिरहेका छन्। तिनले बिहीवार भने, ‘शारीरिक र मानसिक रूपमा धेरै चिन्तित छु। यसका साथै असुरक्षा बोध पनि भइरहेछ यसैले सात दिनको निम्ति छुट्टी लिएको छु’। वस्तुतः सीबीआईले बुधवार अणुव्रत मण्डललाई सोधपुछको निम्ति कोलकताको सीजीओ कम्प्लेक्स स्थित अफिसमा बोलाएको थियो तर उनी आएनन्। यसबीच मंगलवार बोलपुर महकुमा अस्पतालबाट डाक्टर चन्द्रनाथ अधिकारीको नेतृत्वमा चिकित्सकहरूको एक टीम उनको घरमा गएको थियो र सेतो कागजमा उनलाई बेड रेस्टको सर्टिफिकेट दिएको थियो। पछि बुधवार चन्द्रनाथले स्वयं खुलासा गरेका थिए कि मण्डल स्वस्थ छन् र तिनको भनाईमै उनलाई बेड रेस्टको सुझाउ सेतो कागजमा दिइयो। तबदेखि लगातार उनीमाथि प्रश्न चिह्न खड़ा भईरहेको थियो। दिनभरि उनी मीडियामा छाईरहे औं बिहीवार जब सीबीआईले अणुव्रतलाई पक्राउ गरेको छ तब उनीबारे सोधपुछ भयो तब उनी छुट्टी लिएर एक साताको निम्ति अस्पतालबाट अन्यत्र गएको थाहा लाग्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *