काेचबिहार: जिल्लामा उत्तर बंगाल फ्रण्टियरको जलपाईगुड़ी सेक्टर अन्तर्गत भारत-बंगलादेश सीमामा आईसीपी चेंगराबांधामा तैनाथ सीमा सुरक्षा (बीएसएफ)- को १५१औं बटालियनका जवानहरूले एकजना बंगलादेशी महिलालाई गोल्ड बारसितै पक्राउ गरेका छन्।यी महिला बंगलादेशको ग्राम नकला शेरपुरकी निवासी हुन्। बीएसएफले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी उक्त आशयको जानकारी गराएको छ।
बीएसएफ अनुसार बंगालदेशी महिलालाई आईसीपी चेंगराबांधामा त्यसबेला समातियो जतिबेला उसले आफ्नो अण्डरगारमेन्ट्समा गोप्य र अवैध ढंगमा गोल बारलाई लुकाएर लगिरहेकी थिइन्। महिलाले उक्त गोल्ड बारलाई अवैध रूपमा भारतमा ल्याउने प्रयास गरिरहेकी थिइन्। महिलाको कब्जाबाट ४८.०८ ग्राम गोल्ड बार सहित २० हजार बंगलादेशी मुद्रा जफत गरिएको छ। बीएसएफको जाँचबुझमा महिलाले खुलासा गरिन्, उसले आफ्नो पुरानो आभूषणहरूलाई एक सुनार मार्फत पग्लाएर सुनको ईँटामा परिणत गरेकी थिइन् ताकि त्यसलाई लुकाएर लैजान सहज होस्। जफत गरिएको गोल्ड बारलाई बेचेर उ आफ्नी छोरीसित भेट्नको निम्ति जान चाहन्थिन् जो कोचबिहार जिल्लाको तूफानगंजमा बस्छन्। जफत गरिएको सामग्री सहित बंगलादेशी महिलालाई बीएसएफले चेंगराबांधा कस्टम विभागलाई सुम्पिदिएको छ।