मुख्यमन्त्री प्रेम सिंह तामाङले दिए सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट राजीनामा

IMG-20240614-WA0273.jpg

सोरेङ च्याखुङका जनता प्रति गरे मुख्यमन्त्रीले आभार प्रकट

गान्तोक: राज्यका मुख्मन्त्री प्रेम सिंह तामाङले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रलाई छोडने घोषणा गरेका छन्। उल्लेखनीय छ, गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा तामाङले सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरेका थिए जहाँ उनी दुवै निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए। मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा

विशेष गरी -सोरेङ-च्याखूङ तथा १९-रिनाक निर्वाचन क्षेत्रबासी जनमानसप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्| दुवै वटा निर्वाचन क्षेत्रका जनताको सौहार्दपूर्ण समर्थन, कर्तव्यनिष्टता र अटल समर्पणले एसकेएम पार्टीको विजय अभियानमा महत्वपूर्ण भूमिका निर्वहन गरेको बताएका छन्। चुनाउको समयमा आफूले यी दुवै निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न आवश्यक नरहेको उल्लेक गरेका छन्।

पार्टीका कार्यकर्ता,स्थानीयहरूले सबै जिम्मेवारीहरू आफ्नो शिरमा लिएर काम गरेको फलस्वरूप सिक्किममा सबैभन्दा बढी मतका साथ आफू विजयी हुन सफल बनेको उल्लेख गरेका छन्। यसरी जनताले आफूलाई धेरै मतदान दिएकोमा उनले आभार प्रकट गर्दै सबैप्रति आजन्म ऋणी रहने बताएका छन्। निर्वाचन आचरण नियम १९६१ को दफा ६७/ए बमोजिम निर्वाचन परिणाम घोषणा भएको १४ दिनभित्र दुई निर्वाचन क्षेत्र मध्ये एउटा निर्वाचन क्षेत्र त्याग्नुपर्ने नियम छ। यसर्थ भोलि, १५ निर्णय लिने अन्तिम दिन रहेको हुनाले आज नै उनले सोरेङ च्याखुङ निर्वाचन क्षेत्र छोडेने घोषणा गरेका छन्। यसरी सोरेङ च्याखुङ निर्वाचन क्षेत्रलाई छोडने घोषणा गरेपछि मुख्यमन्त्री तामाङले उक्त निर्वाचन क्षेत्रका जनतासँग माफी माग्दै एक इमान्दार र वफादार पार्टी कार्यकर्तालाई सोरेङ च्याखुङका विधायकको रूपमा सेवा गर्न विधायक दिने बचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement